राजनीति


यो साताभित्रै कांग्रेस संसदीय दलको नेता चयन हुन्छ: अर्जुननरसिंह केसी

यो साताभित्रै कांग्रेस संसदीय दलको नेता चयन हुन्छ: अर्जुननरसिंह केसी

नेपालखबर
चैत २३, २०८२ सोमबार १८:२८, काठमाडौँ

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी संसदीय दलको नेता सहमतिमै चयन हुने बताएका छन्। 

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासामा नेता केसीले आफूले संघीय संसदमा ज्येष्ठ सदस्यको हैसियतले सभामुखको भुमिका निर्वाह गर्नु परेकाले संसदीय दलको नेता चयनको काममा ढिलाइ भएको बताए। 

‘प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको नाताले ससदमा सभामुखको दायित्व निर्वाह गर्नुपर्ने भएकाले जबसम्म सभामुखको दायित्व निर्वाह गरियो, तबसम्म पार्टीको कुनै कार्यक्रम र पार्टीगत रुपबाट सहभागी हुन नहुने भएको हुनाले हाम्रा पदाधिकारी साथीहरूले स्थगित गर्नुभएको हो,’ केसीले भने।

सभामुखको जिम्मेवारीमा बसेका व्यक्तिले पार्टीको गतिविधिमा भाग लिन नपाउने भएकाले पनि कांग्रेस पदाधिकारी बैठकले दलको नेता चयनका लागि आवश्यक निर्णय ढिलाई गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो। 

दलको नेतामा केही नेताहरूको दाबी रहेको उल्लेख गर्दै आपसमा छलफल गरेर सहमतिमा चयन हुने जिकिर पनि गरे। ‘यो अत्यन्तै ठूलो जटिल विषय होइन। दलको नेतामा दाबी हुनु स्वाभाविक कुरा हो। सबैको दाबीलाई आपसमा बसेर एकीकृत गरेर हामी जे निर्णय गर्छौं, त्यो सहमतिमा गर्छौं,’ उनले भने, ‘अहिले को ब्याक हुने, को अगाडि बढ्ने भन्दा पनि सहमतिमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ।’

यो साताभित्र संसदीय दलको नेता टुंग्याउने केसीको भनाइ थियो। उनले भने, ‘भोति नै हाम्रो संसदीय दलको मिटिङ बस्दै छौँ। दुई-तीन दिनभित्रै हामी यसलाई टुंग्याउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad