राजनीति


भारतीय राजदूतले परराष्ट्रमन्त्रीलाई भेटेर दिए दिल्लीको सन्देश

भारतीय राजदूतले परराष्ट्रमन्त्रीलाई भेटेर दिए दिल्लीको सन्देश

भारतीय राजदूत नवीन श्रीवास्तव (बायाँ) र परराष्ट्रमन्त्री शिशिर खनाल


नेपालखबर
चैत २३, २०८२ सोमबार १२:४२, काठमाडौँ

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतीय विदेशमन्त्री एस. जयशंकरको तर्फबाट मन्त्री खनाललाई बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरे।

नयाँ सरकार गठन भएपछि भारतीय पक्षबाट उच्च तहमा महत्वपूर्ण भेटघाट भएको हो।  भेटका क्रममा नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई थप सुदृढ बनाउने र द्विपक्षीय हितका विविध विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री शिरि खनालसँगको भेटवार्तामा नेपाल–भारतका अन्य  अधिकारी पनि सहभागी थिए। तस्विरः परराष्ट्र मन्त्रालय
विशेषगरी कनेक्टिभिटी, ऊर्जा व्यापार र थाती रहेका विकास आयोजनाहरूका बारेमा संक्षिप्त कुराकानी भएको मन्त्रालयले जनाएको छ। राजदूत श्रीवास्तवले नेपालको विकास प्रयासमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

भेटपछि परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, 'भारतीय राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री खनाललाई कार्यभार सम्हालेकोमा शुभकामना दिँदै नेपाल-भारत सम्बन्ध र आपसी सहयोगका विभिन्न पक्षहरूमा छलफल गरेका छन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad