राजनीति


ओली र लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

ओली र लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
चैत १९, २०८२ बिहिबार १९:६, काठमाडौँ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

बिहीबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश विष्णुप्रसाद अवस्थीको एकल इजलासले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। 

बिहीबार म्याद थपका लागि निवेदन दिँदा ओली र लेखकलाई भने अदालतमा उपस्थित गराइएको थिएन। दुवै जनालाई भिडिओ कलमार्फत न्यायाधीशले सोधपुछ गरेका थिए। 

जेजनी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सरकारले ओली र लेखकलाई चैत १४ गते पक्राउ गरेको थियो। स्वास्थ्यमा समस्या देखिएका कारण ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। लेखकलाई भने प्रहरी हिरासतमै राखिएको छ। 

प्रहरीले पूर्वगृहमन्त्री लेखकको बयान लिइसकेको छ। ओलीको भने बयान लिन बाँकी नै रहेको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad