राष्ट्रिय सभाको २०औँ अधिवेशन आजदेखि सुरु हुँदैछ।
बिहीबार दिउँसो २ बजेदेखि बैठक सुरु हुने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।
राष्ट्रिय सभा बैठकको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए।
आज बैठकको सुरुमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वानका लागि पठाएको पत्रको ब्यहोरा अध्यक्षले जानकारी गराउने तालिका छ।
त्यसैगरि राष्ट्रपपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा पनि अध्यक्ष दाहालले पढेर सुनाउने छन्।
बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष र समितिका सभापतिहरूको निर्वाचनको तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ।
नवगठित प्रतिनिधिसभाको बैठक पनि आजदेखि सुरु हुँदैछ।
69
Shares

प्रतिक्रिया