राजनीति


नेता चयन गर्न एमालेले बोलायो संसदीय दलको बैठक

नेता चयन गर्न एमालेले बोलायो संसदीय दलको बैठक

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८२ बुधबार ९:२४, काठमाडौँ

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने एमालेले जनाएको छ।

बिहीबारदेखि संसद्को अधिवेशन सुरु हुने भएकोले आजको बैठकले एमाले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना रहेको सो पार्टीका उपाध्यक्ष गुरु बरालले जानकारी दिए।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सिटसहित २५ सिट जितेको छ। 

उपाध्यक्ष बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरुलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने छन्। 

एमालेका सबैजसो पदाधिकारी निर्वाचनमा पराजित बनेका छन्। बरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादल भने समानुपातिक तर्फबाट सांसद निर्वाचित भएका छन्। 

वरिष्ठताको आधारमा एमालेले बादललाई नै संसदीय दलको नेता चयन गर्ने सम्भावना छ। तर, कतिपय एमालेकै नेताहरुले भने संसदीय दलको नेता युवालाई बनाउनुपर्ने सुझाव दिँदै त्यसको लागि सुहाङ नेम्बाङ उपयुक्त हुने तर्क गरेका छन्। 

बुधबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad