राजनीति


काठमाडौँका पूर्वसीडीओ छविलाल रिजाल हाजिरी जमानीमा रिहा

काठमाडौँका पूर्वसीडीओ छविलाल रिजाल हाजिरी जमानीमा रिहा

नेपालखबर
चैत १७, २०८२ मंगलबार १९:८, काठमाडौँ

काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ)छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन्।

उनलाई जिल्ला अदालत काठमाडौँले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको हो।

उनलाई काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको सुविधानगरस्थित निवासबाटै मंगलबार बिहान पक्राउ गरेको थियो।

गत भदौ २३ र १४ गते भएको जेनजी आन्दोलनको बेला रिजाल काठमाडौँको सीडीओ थिए। जेनजी आन्दोलनको क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

जेनजी आन्दोलन जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगले आन्दोलनमा नागरिकको ज्यान जानुमा रिजाललाई पनि दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। 

यसअघि गृह मन्त्रालयले प्रतिवेदन कार्यान्वयनका लागि पठाएको पत्रमा भने पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई मात्रै पक्राउ गर्न निर्देशन दिएको थियो। 

कार्की आयोगले तत्कालीन सुरक्षा निकायका प्रमुखहरुलाई पनि कारबाही गर्न सिफारिस गरेको छ तर, सरकारले सुरक्षाकर्मीलाई भने तत्काल कारबाही नगर्ने नीति लिएको छ। उनीहरूको हकमा अध्ययन गर्न अर्को समिति बनाउने र उक्त समितिको सिफारिस अनुसार गर्ने निर्णय सरकारले गरेको छ।

त्यही अनुसार पूर्वसीडीओ रिजाललाई छाडिएकाे काठमाडौँ प्रहरी प्रवक्ता पवनकुमार भट्टराईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad