राजनीति


हाम्रा समानुपातिक उम्मेदवार हटाइए, अदालत गएका छौँ: पूर्णबहादुर खड्का

हाम्रा समानुपातिक उम्मेदवार हटाइए, अदालत गएका छौँ: पूर्णबहादुर खड्का

नेपालखबर
चैत १७, २०८२ मंगलबार १६:२०, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट आएको कांग्रेसले नियमविपरीत काम गरेको ब्रिफिङ गरेका छन्।

काठमाडौँको धुम्बाराहीस्थित होटल स्मार्टमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकमा उनले समानुपातिक सांसद छनोटमा नियमविपरीत काम गरिएको बताए। 

‘विशेष महाधिवेशनवालाले नियमित विपरीत काम गरे। समानुपातिकमा पिछडिएको क्षेत्रमा एक नम्बरको विद्या तिमिल्सिनाको नाम हटाएर कलस्टरमै नाम नभएको पुरुष खस आर्य कोटा को ७ नम्बरमा नाम भएको कालीबहादुर सहकारीलाई राखियो,’ उनले।  

खड्काले दलित कोटाको समानुपातिक सूचीको पुरुषतर्फ पहिलो नम्बरमा रहेका मानबहादुर नेपालीलाई पनि अन्याय गरिएको बताए।

‘उहाँहरू अदालत जानुभएको छ,’ खड्काले बैठकमा भने।

कांग्रेसले बुझाएको समानुपातिक सांसदको बन्दसूचीमा पिछडिएको क्षेत्रमा विद्यादेवी तिमिल्सिना र हजारी नेपाली वादी महिलातर्फ छन् भने पुरुषतर्फ मुगुका भीमबहादुर तिरुवा र हुम्लाका ताराबहादुर लामा उम्मेदवार छन्। तर, कांग्रेस सभापति थापाले विशेष महाधिवेशनमा साथ दिएका सहकारीलाई सांसद बनाएका छन्।

सभापति थापाले सहकारीलाई सांसद बनाउँदा दलिततर्फको पहिलो नम्बरमा रहेका नेपालीको सांसद बन्ने सपना अधुरै रह्यो भने लुम्बिनी प्रदेश कांग्रेसको समानुपातिक सांसदमा नील हुन पुग्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad