कारोबार


व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का

व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का

नेपालखबर
चैत १७, २०८२ मंगलबार १६:२९, काठमाडौँ

सरकारले व्यापारी दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ।

स्रोतका अनुसार भट्टको पासपोर्ट आइतबार नै रोक्का गरिएको हो।

विवादास्पद व्यवसायी भट्ट इन्फिनिटी होल्डिङस्‌का प्रमुख हुन्। नेता तथा कर्मचारीहरूलाई साथमा लिएर ठूला परियोजना हातमा लिने गरेको आरोप उनीमाथि लाग्दै आएको छ।

उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको भन्दै अध्यागमन विभागलाई कालो सूचीमा राख्न पत्राचार भएको थियो। 

पासपोर्ट रोक्का भएसँगै भट्टले विदेश भ्रमणमा जान अब सरकारसँग अनुमति लिनु पर्ने हुन्छ।

नयाँ सरकार बनेसँगै पूर्वप्रधानमन्त्रीहरूसहित विभिन्न व्यक्तिहरूमाथिको अनुसन्धानलाई सरकारले तीब्रता दिएको छ।

पूर्वमन्त्री दीपक खड्कासमेत हिजो सोमबार सम्पत्ति शुद्धीकरणकै कसुरमा पक्राउ परेका छन्।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि पनि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad