महन्थ ठाकुरपछि आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन्।
बुढानिलकण्ठस्थित लामिछानेको निजि निवासमा प्रभु र रविबीच आज बिहान भेटवार्ता भएको हो।
त्यसक्रममा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएका उनको सचिवालयले जनाएको छ।
त्यसक्रममा उनले मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएको भन्दै यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने पनि बताएका छन्।
प्रभु साहले लामिछानेलाई चुनावमा बहुमत प्राप्त गरेकोमा बधाई दिएका छन्।
आजै बिहान रास्वपाका सभापति लामिछाने र राष्ट्रिय सभाका सदस्यसमेत रहेका जसपाका नेता महन्थ ठाकुरबिच पनि भेटवार्ता भएको थियो।
60
Shares

प्रतिक्रिया