राजनीति


सम्पत्ति शुद्धीकरणबारे प्रचण्डले भने- मैले संसदमै भनेको हो सबैको सम्पत्ति छानबिन होस्

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डले भने- मैले संसदमै भनेको हो सबैको सम्पत्ति छानबिन होस्

नेपालखबर
चैत १५, २०८२ आइतबार १९:२, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि विषयमा छानबिन गर्दा निष्पक्ष भएर काम गर्नुपर्ने बताएका छन्। 

नेकपाको केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै निष्पक्ष छानबिनमा जोड दिएका हुन्।   सरकारले सम्पत्ति शुद्धीकरणमा पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गरिरहेको भन्ने विषयमा सञ्चारकर्मीले प्रश्न गरेका थिए। 

त्यसको जवाफमा पूर्वप्रधानमन्त्री प्रचण्डले त्यो यसअघि आफूले उठाएको विषय भएको बताए। उनले अनुसन्धान स्वतन्त्र हिसाबले अघि बढ्नुपर्नेमा जोड दिए। ‘त्यो त हामीले भनेकै कुरा हो। मैले पार्लियामेन्टमै भनेको हो, सबैको छानबिन होस्,’ प्रचण्डले भने।

त्यस्तै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विषयमा पनि प्रश्न गरिएको थियो। त्यसमा प्रचण्डले भने, ‘कहीँ कतै राजनीतिक आग्रह पूर्वाग्रह नहोस्। निष्पक्षता कायम होस् र स्वतन्त्र ढंगले अनुसन्धान होस्।’

आज बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता पनि चयन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad