सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ गरिएका पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार बिहान पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको थियो। जेनजी आन्दोलनका क्रममा उनको घरमा आगजनी गरिएको थियो।
त्यस क्रममा उनको घरबाट बरामद रकमलाई लिएर सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ गरिएको ब्युरोले जनाएको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति लिन अदालतमा उपस्थित गरिएको हो।
126
Shares

प्रतिक्रिया