पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो।
कांग्रेस नेतासमेत रहेका खड्कालाई आइतबार बिहान बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो।
सम्पत्ति शुद्धीकरण प्रकरणमा खड्कालाई पक्राउ गरिएकाे सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले नेपालखबरलाई बताए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो। त्यही आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
शनिबार मात्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको छ।
उनीहरूलाई चाहिँ गत भदौमा भएको जेनजी आन्दोलनमा युवाहरूको ज्यान जाने गरी दमन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
Shares

प्रतिक्रिया