राजनीति


मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु

मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १६:२२, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार अपराह्न ४ बजेबाट बैठक सुरु भएको हो। पदभार ग्रहणपछि मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर बैठकमा सहभागी भएका छन्। 

शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूले पनि शपथ लिएका लिइसकेका छन्। 

आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिइने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad