राजनीति


बालेन र वाग्लेपछि तेस्रो वरीयतामा गृहमन्त्री सुधन गुरुङ

बालेन र वाग्लेपछि तेस्रो वरीयतामा गृहमन्त्री सुधन गुरुङ

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १३:६, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को १५ सदस्यीय मन्त्रिपरिषद्‌मा सुधन गुरुङको उदय निकै रोचक देखिएको छ। पार्टीका दिग्गज र अनुभवी अनुहारहरूलाई पछि पार्दै गुरुङले सरकारको 'शक्तिशाली' तेस्रो वरीयतासहित गृह मन्त्रालयको चाबी हात पारेका हुन्।

वरीयतामा प्रधानमन्त्री बालेन र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेपछिको महत्वपूर्ण स्थानमा सुदन अटाएका छन्।

देशको आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था र ७७ वटै जिल्लाको प्रशासन संयन्त्र परिचालन गर्ने गृह मन्त्रालयको बागडोर पाउनुले गुरुङलाई बालेन क्याबिनेटको 'मुख्य खम्बा' का रूपमा स्थापित गरेको छ।

पार्टीभित्र रणनीतिक र सांगठनिक पकड राख्ने सुदनका लागि यो पद जति शक्तिशाली छ, त्यति नै चुनौतीपूर्ण पनि।

प्रहरी प्रशासनको शुद्धीकरण र सुशासनको जनअपेक्षा पूरा गर्ने मुख्य जिम्मेवारी अब उनकै काँधमा आएको छ। वाग्लेको 'विज्ञता' सँगै गुरुङको 'एक्सन' ले बालेन सरकारको सफलत, असफलता तय गर्ने चर्चा सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad