नेपाली कांग्रेसले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई यही चैत १४ गते अभिमुखीकरण दिने भएको छ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सांसदहरूलाई प्रशिक्षण दिने भएको हो।
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचन र माघ ११ गत भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई कांग्रेसले अभिमुखीकरण गराउन लागेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
कांग्रेसबाट प्रतिनिधि सभामा ३८ र राष्ट्रिय सभामा ९ जना सांसद निर्वाचित भएका छन्।
सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञाबारे अभिमुखीकरण दिने उनले बताए।
दुलालका अनुसार अभिमुखीकरण पार्टी कार्यालय सानेपामा हुने छ।
261
Shares

प्रतिक्रिया