जेनजी आन्दोलनबारे ६ महिना लगाएर जाँचबुझ गरेको आयोगले भदौ २३ र २४ गतेका घटनामा कति गोलि चल्यो भन्ने पुष्टि गर्न नसकेको पाइएको छ।
आयोगले तयार गरेको प्रतिवेदनमा कुन दर्जाका प्रहरीले, के कुन हतियारबाट, कति संख्यामा गोली प्रहार गरेको हो भन्ने एकीन गर्न नसकेको देखिएको हो। आयोगले बयानमा प्रहरी अधिकारीलाई सोधपुछ गर्दा एकीन संख्या तत्काल नखुलाएको र पछि उपलब्ध गराउने भने पनि हालसम्म उपलब्ध नगराएको उल्लेख छ।
तर नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै यी विवरण नपठाएको प्रतिवेदनमा उल्लेख छ। भदौ २३ गते संसद् भवन परिसरमा को कसले चलाएको गोली लागेर प्रदर्शनकारीको मृत्यु हुन गएको हो भन्ने एकीन गर्न कठिनाइ भएको आयोगको प्रतिवेदनमा उल्लेख छ।
यस्तै प्रहरीका हातहतियार तथा अन्य सामग्रीहरू लुटिएको सम्बन्धमा ती घटनाहरू के कसरी हुन गए, कारण के के थिए र जिम्मेवार को को हुन् भन्ने सम्बन्धमा विस्तृत अनुसन्धान गर्न आवश्यक देखिएको प्रतिवेदनमा भनिएको छ।


Shares

प्रतिक्रिया