राजनीति


नेविसंघको चेतावनी: विद्यार्थी संगठन खारेज गर्ने कुरा सह्य हुँदैन

नेविसंघको चेतावनी: विद्यार्थी संगठन खारेज गर्ने कुरा सह्य हुँदैन

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १८:१२, काठमाडौँ

नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थी संगठनहरू खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ।

शुक्रबार काठमाडौँमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले सो चेतावनी दिएका हुन्।

विद्यार्थी संगठनहरू खारेज गर्ने भनेर कहीँकतै मिडिया ट्रायल गर्ने काम भईरहेको भन्दै उनले त्यस्तो गलत काम अब बन्ने नयाँ सरकारले गरे त्यो आगोको गोलामा हात हाले सरह हुने समेत बताए।

अध्यक्ष शेर्पाले विद्यार्थी संगठनकै आन्दोलनका कारण नेपालमा बालेन्द्र साहहरुले र्‍याप गाउन पाउने अधिकार प्राप्त भएकाले पनि त्यस्ता संगठनहरु खारेज गर्ने काम सह्य नहुने बताए।  

‘म आज एउटा सन्देश, एउटा अनुरोध र एउटा चेतावनी अब आउने सरकारलाई दिन चाहन्छु। कहिँकतै गुन्जिन्छ कि विद्यार्थी संगठनहरूलाई खारेज गर्ने भनेर एउटा मिडिया ट्रायल गरिरहेको हामीले सुनिरहेका छौँ’ उनले भने, ‘म भन्न चाहन्छु –आगोको गोलामा हात हाल्ने काम नगर्नुहोला। त्यो आगोको ज्वालाले तपाईहरु भष्म हुनुहुन्छ।’ 

अध्यक्ष शेर्पाले कांग्रेस भित्रको गुटगत स्वार्थका कारण प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोर्नु परेको जिकिर समेत गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad