राजनीति


नेता केसीको प्रश्न- म गगन थापाको ससुरा भएर अर्जुननरसिंह केसी भएको हो?

नेता केसीको प्रश्न- म गगन थापाको ससुरा भएर अर्जुननरसिंह केसी भएको हो?

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १४:३९, काठमाडौँ

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति गगन थापाको ससुरा भनेर टिकाटिप्पणी भएकोप्रति असन्तुष्टि जनाएका छन्। 

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता केसीले आफू २०१८ सालदेखि यातना सहेर तथा संघर्ष गरेर आएको स्मरण गराए। 

आफ्नो राजनीतिक यात्राबारे बोल्दै केसीले भने, ‘मैले जुन यातना र संर्षघ गरेर आए, २०१८ साल वैशाख ७ गतेबाट जेलजीवन यात्रा सुरु गरेर। साढे ६ वर्ष जेल बसेँ।’

सभापति थापा आफ्नो क्षमताले र आफू आफ्नो क्षमताले आएको उनको भनाइ थियो। ‘गगनजी आफ्नो व्यक्तित्वले, आफ्नो क्षमताले उदय हुनु भएको छ भने म मेरो क्षमताले,’ केसीले भने। 

कांग्रेसले समानुपातिक सांसद बनाउँदा सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणीप्रति पनि उनले असन्तुष्टि जनाए। सामाजिक सञ्जालमा ‘ससुरा, ससुरा’ भन्नेहरूलाई लक्षित गर्दै केसीले प्रश्न गरे, ‘म गगन थापाको ससुरा भएर अर्जुननरसिंह केसी भएको हो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad