हालै राजदूत डारोचको लिक भएको भनिएको इमेलमा डारोचले ह्वाइट हाउस ट्रम्पको नेतृत्वमा आएपछि ‘रोगी’ र ‘विभाजित’ भएको बताएको डेली मेलले जनाएको थियो।
डेली मेलका अनुसार डारोचले लिक भएको मेलमा ट्रम्पको कारण अमेरिकी सरकार अयोग्य र असुरक्षित बन्दै पनि बताएका थिए।
आफूविरुद्ध डारोचको मेल लिक भएपछि ट्रम्पले डारोचको आलोचना गरेका थिए। ट्रम्पले डारोच वेलायतका लागि कुटनीतिक हिसाबले उत्कृष्ट व्यक्ति नभएको बताएका थिए।
मंगलबार बिहानै ट्रम्पले डारोच मूर्ख व्यक्ति भएको बताएका थिए। यद्यपी वेलायती प्रधानमन्त्री टेरिजा मेले भने डारोच असल र कर्तव्यनिष्ठ व्यक्ति भएको बताएकी थिइन्।
विवाद बढ्दै जाँदा डारोचले बुधबार पदबाट राजीनामा दिएका हुन्।
3
Shares

प्रतिक्रिया