राजनीति


अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ


नेपालखबर
चैत २, २०८२ सोमबार १६:१७, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको हो।

अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म प्रगाढ रहेको उल्लेख गर्दै निर्वाचन र कठिन परिस्थितिमा चीनले पुर्‍याएको सहयोगको प्रशंसा गरे। राजदूत चाङले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै उच्चस्तरीय भ्रमणले सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको बताए।

भेटमा संसद् सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad