नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ।
आइतबार सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले १५ जना महिला र ५ जना पुरुषको नामहरू आयोगमा बुझाएको हो।
पाँच जना पुरुषमा विभिन्न क्लस्टरको पहिलो नम्बरमा रहेकाह सांसदमा सिफारिस गरेको छ। खस–आर्यबाट अर्जुननरसिंह केसी, आदिजाजी जनजातिबाट भीष्मराज आङ्देम्बे, मधेसीबाट चन्द्रमोहन यादव, दलितबाट मानबहादुर नेपाली र अपाङ्ग अल्पसंख्यकबाट मदनकृष्ण श्रेष्ठले मौका पाएका छन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आदिवासी जनजाती रखसआर्यबाट६–६, दलित र मधेसीबा ३–३ जनाको नाम बुझाइएको छ। यस्तै मुस्लिम र थारुबाट १–१ जनाको नाम पठाइएको छ भने खसआर्य क्लस्टरबाटै पिछडिएको क्षेत्रबाट एक एक नाम आयोगमा पठाइएको छ।
खस आर्य महिलामा सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया र गंगा शाहीको नाम छनोट भएको छ। आदिवासी जनजाति महिलातर्फ गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा र सुनिताकुमारी सुवेदीको नाम टुंगिएको छ।
दलित महिलाबाट हरिनादेवी कामी र पवित्रा विकको नाम टुंगिएको छ। थारू पिडडिएको क्षेत्रबाट विद्यादेवी तिमिल्सिना, महिलाबाट प्रमिलाकुमारी गच्छदार र मुस्लिम महिलाबाट शाहजान खातुनको नाम आयोगमा पठाइएको छ।
Shares

प्रतिक्रिया