राजनीति


कांग्रेस अनुशासन समितिको सचिवमा दिनेश थापा मगर नियुक्त

कांग्रेस अनुशासन समितिको सचिवमा दिनेश थापा मगर नियुक्त

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १७:४२, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सचिवमा दिनेश थापा मगर नियुक्त भएका छन्। 

शुक्रबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले मगरलाई सचिव नियुक्त गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयमा कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। अनुशासन समितिको सचिव नियुक्त भएका मगर कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव हुन्। 

यस्तै, अनुशासन समितिको बैठकले समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ। अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बैठक बसेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad