राजनीति


निर्वाचन आयोगले वेबसाइटमा समावेश गर्‍यो मातृका यादवको जित

निर्वाचन आयोगले वेबसाइटमा समावेश गर्‍यो मातृका यादवको जित

नेपालखबर
फागुन २८, २०८२ बिहिबार ११:३३, काठमाडौँ

निर्वाचन आयोगले मातृका यादवको जित आफ्नो वेबसाइटमा दर्ता गरेको छ। 

गएको सोमबारै यादव धनुषा-३ बाट विजयी भए पनि आयोगले उनको नाम हिजोसम्म आफ्नो वेबसाइटमा राखेको थिएन। 

आयोगले आज नेकपाबाट विजयी हुने उम्मेदवारको सूचीमा यादवको नाम पनि समावेश गरेको हो। 

तर, धनुषा ३ स्थित निर्वाचन अधिकृतको कार्यालयले भने सोमबार साँझै यादवलाई निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरेको थियो। 

नेकपाका कार्यकर्ता तथा समर्थकको व्यापक दबाबपछि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको थियो।

निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजपछि दुई पटक फरक-फरक निर्णय गरेपछि धनुषा १ मा विवाद बढेको थियो। पहिलोपटक आयोगले रास्वपाका साहको मतपत्रको छुट्टै लगत राखि मतपरिणाम सार्वजनिक गर्न भनेको थियो। 

फेरि दोस्रोपटक आयोगले यो विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको भन्दै मत परिणाम सार्वजनिक नगर्न भनेको थियो। आयोगको यो निर्देशनपछि निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम रोकेको थियो। 

तर आयोगले आफ्नो निर्णय फेरेपछि नेकपा कार्यकर्ताले आन्दोलित बनेका थिए। सोमबार सर्वोच्च अदालतले यो मुद्दामा अन्तरिम आदेश नदिइ फागुन २९ गतेका लागि पेसी तोकेपछि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई प्रमाणपत्र प्रदान गरेको थियो। 

कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग जोडेर यादवलाई प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत नदेखिएको जिकिर नेकपाले गरेपछि आयोगले यादवलाई प्रमाणपत्र दिन भनेको हो। 

धनुषा १ बाट विजयी हुने यादवले १० हजार ४३० मत ल्याउँदा कांग्रेसका रामपलटन साहले ९ हजार ५०२ ल्याएका छन्। नेकपा एमालेका रामचन्द्र मण्डलले ९ हजार ३२५ मत ल्याएका छन्।

त्यसैगरि जसपाका दीपक कार्कीले ४ हजार १४५, राप्रपाका मनोज मल्ल ठकुरीले ३ हजार ७२९, जनमत पार्टीका ब्रम्हदेव महतोले २ हजार ४०४ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad