राजनीति


प्रतिनिधि सभा निर्वाचनमा ३५० उम्मेदवारले एक भोट पनि पाएनन्

प्रतिनिधि सभा निर्वाचनमा ३५० उम्मेदवारले एक भोट पनि पाएनन्

नेपालखबर
फागुन २७, २०८२ बुधबार १४:२०, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा देशभरका ३५० उम्मेदवारले एक भोट पनि पाउन सकेनन्। 

निर्वाचन आयोगका अनुसार, प्रतिनिधि सभाका १६५ सिटका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये ३५० उम्मेदवारले एक भोट पनि पाउन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। 

घिमिरेका अनुसार, उनीहरूको मत परिणाम शून्य देखिएको छ। यसले कतिपय उम्मेदवारले आफूले आफैँलाई वा आफ्नो परिवारको मत समेत हाल्न नसकेको वा नहालेको देखिन्छ। 

त्यस्तै, प्रत्यक्षतर्फ प्रतिष्पर्धा गरेकामध्ये ५१६ जना उम्मेदवारले मात्र सदर मतको १० प्रतिशत कटाएर आफ्नो जमानत जोगाउन सफल भएका छन्। त्यसबाहेक २ हजार ८९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन नसकेको घिमिरेले बताए। निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले जमानत राख्नुपर्छ। 

जमानत फिर्ता पाउन सदर मतको कम्तिमा १० प्रतिशत मत पाउनुपर्छ। ‘जसले सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुहुन्छ, उहाँहरूको जमानत फिर्ता हुन्छ पछि। तर सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उमेदवारको जमानत जफत भन्ने हुन्छ,’ घिमिरेले भने, ‘त्यो जमानत फिर्ता गर्न पर्दैन, फिर्ता हुँदैन।’

प्रतिस्पर्धामा रहेका ५१६ उमेदवारले जमानत फिर्ता पाउने भएका छन्। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि त्यसको ९० दिनभित्र उमेदवारले आफ्नो जमानत फिर्ताको लागि निवेदन दिनुपर्छ। त्यसपछि जमानत फिर्ता हुने घिमिरेले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad