ग्लोबल


इरानको दाबी: इजरायल र अमेरिकी अड्डाविरुद्ध ‘अहिलेसम्मकै ठुलो आक्रमण’ गर्‍यौँ

इरानको दाबी: इजरायल र अमेरिकी अड्डाविरुद्ध ‘अहिलेसम्मकै ठुलो आक्रमण’ गर्‍यौँ

नेपालखबर
फागुन २७, २०८२ बुधबार १४:२२, काठमाडौँ

इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी अड्डाविरुद्ध युद्ध सुरु भएयताकै ठुलो आक्रमण थालिएको दाबी गरेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानले इजरायल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।

इरानले अमेरिकी प्रविधि कम्पनीका कार्यालय र डेटा सेन्टरलाई पनि निसाउन बनाउन सक्ने बताइएको छ। 

सम्भावित लक्ष्यको सूचीमा गुगल, अमेजन, माइक्रोसफ्ट, एनभिडिया, आईबीएम र ओरेकलजस्ता कम्पनी छन्।

इजरायल, दुबई र अबुधाबीमा रहेका यी कम्पनीका कार्यालय र डेटा सेन्टर पनि निसानामा पर्न सक्छन्।

इरानको आक्रमणले इजरायल र अमेरिकालाई के कति क्षति भयो भन्ने विषयमा अहिले रिपोर्ट आइसकेको छैन।

यसैबिच संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले आज इरानलाई बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, यूएई र जोर्डनमा आक्रमण बन्द गर्न आह्वान गर्ने प्रस्तावमा मतदान गर्ने कार्यक्रम छ।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता हानाहान जारी छ। 

जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

यसैबिच अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ। 

संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ। हमलामा घर, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालय परेका छन्।

यस्तै इरानले आफूले पनि इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ।

युद्धले अमेरिकी सेनालाई पनि असर गरेको छ। इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad