पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बुधबार भारत जान लागेका छन्।
नयाँ दिल्लीमा हुने ‘एनएक्सटी-२०२६’ सम्मेलनमा सहभागी हुन डा. भट्टराई भारत जान लागेका हुन्। फागुन २८ देखि ३० गतेसम्म हुने सम्मेलनमा ‘गेस्ट अफ अनर’का रुपमा भट्टराई सहभागी हुने उनको सचिवालयले जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने जनाइएको छ। त्यस्तै, संसारभरका नीति निर्माता, व्यवसायी, प्रविधि विज्ञ, सांसद, शिक्षाविद् पनि समिटमा सहभागी हुने जनाइएको छ।
डा. भट्टराईले ‘डेमोक्रेसी इन द एज अफ एआई: डिजिटल गभर्नेन्स एन्ड द युथ’ शीर्षकमा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ। उनी फागुन ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
261
Shares

प्रतिक्रिया