मध्यपूर्वमा भइरहेको तनावका कारण हङकङको क्याथे प्यासिफिक एयरवेजले मार्चको अन्त्यसम्मै उडान निलम्बनलाई निरन्तरता दिने भएको छ।
मङ्गलबार एक सूचना जारी गर्दै क्याथेले हङकङ र संयुक्त अरब इमिरेट्सको व्यावसायिक केन्द्र बीचको सबै उडान सेवा मार्च ३१ सम्म रद्द गरिएको घोषणा गरेको हो।
यस्तै, साउदी अरेबियाको रियाद उडान पनि महिनाको अन्त्यसम्म निलम्बन गरिने जनाएको छ।
फेब्रुअरी २८ मा इरानमा अमेरिकी-इजरायली आक्रमणपछि एयरलाइन्सले मार्च १४ सम्मका उडान तालिका रद्द गरेको थियो। आजको सूचनाबाट उक्त ३१ मार्चसम्म लम्ब्याएको हो।
यति मात्र नभई, परिस्थिति अनुकूल नभए यो मिति पनि अझ लम्बिन सक्ने संकेत सूचनामा गरिएको छ।
‘हामी परिस्थितिलाई नजिकबाट नियलिरहेका छौँ,’ क्याथेले विज्ञप्तिमा भनेको छ, ‘हाम्रा ग्राहक र जनसुरक्षा हाम्रो पहिलो प्राथमिकता हुने भएकाले आगामी दिनमा हाम्रो उडान तालिकामा थप परिवर्तन आवश्यक पर्न सक्छ।’
Shares

प्रतिक्रिया