राजनीति


गगन थापालाई चन्द्र भण्डारीको आग्रह: राजीनामा नदिनू, यस्तो बेला पार्टीलाई छाडेर नहिँड्नू

गगन थापालाई चन्द्र भण्डारीको आग्रह: राजीनामा नदिनू, यस्तो बेला पार्टीलाई छाडेर नहिँड्नू

नेपालखबर
फागुन २६, २०८२ मंगलबार ९:५३, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनमा पराजय भएपछि नेपाली कांग्रेसका सभापति गगन थापा नैतिकताका हिसालबे यो पदबाट राजीनामा दिने विचारमा रहेका बेला पार्टीका नेता चन्द्र भण्डारीले त्यसो नगर्न सुझाव दिएका छन्। 

अहिले राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने समय भएको उल्लेख गर्दै पूर्वसांसदसमेत रहेका भण्डारीले सभापति थापालाई बरु छिटो कांग्रेसको महाधिवेशन गराउन आग्रह गरेका छन्। 

‘राजीनामा दिने होइन, जिम्मेवारी पूरा गर्ने समय हो। अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगनकुमार थापाज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो’, नेता भण्डारीले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैँमा एक नैतिक दायित्व हो। आजको कटु यथार्थ के हो भने युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छाडेर हिँड्न हुँदैन। नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ बिरुवा रोप्नैपर्छ। समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो। नेपाली कांग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव छ, यदि इच्छाशक्ति र साहस छ भने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad