राजनीति


रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाई: दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ

रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाई: दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ

तस्बिर: रास्वपा सभापति रवि लामिछाने, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र बालेन


नेपालखबर
फागुन २६, २०८२ मंगलबार १०:२४, काठमाडौँ

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'लाई बधाई दिएका छन्।

भुटानी प्रधानमन्त्री तोब्गेले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत चुनाव सफल भएकामा सबै नेपाली जनतालाई पनि बधाई दिएका छन्। 

यस क्रममा उनले भुटान र नेपालबिचको मित्रता अझ प्रगाढ बन्ने आशा पनि व्यक्त गरेका छन्। 

‘नेपालको आम निर्वाचनमा ठुलो विजय हासिल गर्नुभएकामा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ। साथै सफल चुनावका लागि म नेपाली जनतालाई पनि बधाई दिन्छु’, भुटानका प्रधानमन्त्री तोब्गेले लेखेका छन्, ‘दुईदेशबिचको गहिरो मित्रता अझ प्रगाढ बन्ने आशा छ।’

यसअघि सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका सभापति रवि र वरिष्ठ नेता बालेनलाई टेलिफोनमार्फत विजयका लागि बधाई दिएका थिए। 

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग न्यानो टेलिफोन वार्ता भयो,’ मोदीले एक्समा लेखेका छन्, ‘दुवै नेताहरूलाई उहाँहरूको चुनावी विजय र नेपालको चुनावमा रास्वपाको सानदार सफलताको लागि बधाई दिएँ। आपसी समृद्धि, प्रगति र कल्याणको लागि उहाँहरूसँग काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेँ।’

‘मलाई विश्वास छ- हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्नेछ,’ मोदीले थपेका छन्।

यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा देशभरका १६५ क्षेत्रमध्ये रास्वपाले १२५ सिट जितेको छ भने समानुपातिक मत पनि ठुलो मात्रामा हासिल गरेको छ। 

साथै पार्टी सभापति रवि चितवन-२ र प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन झापा-५ बाट भारी मतले विजयी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad