राजनीति


आयो १६५ वटै निर्वाचन क्षेत्रको नतिजा, कुन दलका उम्मेदवारले कहाँबाट जिते?

आयो १६५ वटै निर्वाचन क्षेत्रको नतिजा, कुन दलका उम्मेदवारले कहाँबाट जिते?

नेपालखबर
फागुन २५, २०८२ सोमबार २३:४६, काठमाडौँ

यही फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम आएको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा आइसकेको निर्वाचन आयोगले जनाएको छ। 

नतिजाले रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेकपा चौथो, श्रम संस्कृति पार्टी, पाँचौँ र राप्रपा छैटौँ राष्ट्रिय दल बन्ने निश्चित देखिएको छ। स्वतन्त्र १ जनाको विजय भएको छ।  

रास्वपा १२५
आइसकेको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको छ। यसअनुसार कोशी प्रदेशमा १७ वटा सिट जितेको छ। जसमा झापा १ बाट निशा डाँगी, झापा २ बाट इन्दिरा राना मगर, झापा ३ बाट प्रकाश पाठक, झापा ४ बाट शम्भु प्रसाद ढकाल, झापा ५ बाट बालेन्द्र शाह, मोरङ १ बाट यज्ञमणि न्यौपाने, २ बाट कृष्ण कुमार कार्की, ३ बाट गणेश कार्की, ४ बाट सन्तोष राजवंशी, ५ बाट आशा झा, ६ बाट रुबिना आचार्यले जित हात पारेका छन्। 

त्यसैगरी सुनसरी २ बाट लालबिक्रम थापा, ३ बाट अशोक कुमार चौधरी, ४ बाट दीपक कुमार साहले जितेका छन्। उता, ओखलढुंगा १ बाट विश्वराज पोखरेल, उदयपुर १ बाट पारसमणि गेलाल, २ बाट सूर्यबहादुर तामाङले जितेको आयोगले जनाएको छ। 

मधेश प्रदेशअन्तर्गत सप्तरी १ बाट पुष्पा कुमारी चौधरी, २ बाट रामजी यादव, ३ बाट अमर कान्त चौधरी, ४ बाट सिताराम साह, सिराहा १ बाट बब्लु गुप्ता, २ बाट शिवशंकर यादव, ३ बाट शम्भु कुमार यादव, ४ बाट तपेश्वर यादवले रास्वपाबाट जित हासिल गरेका छन्। यसैगरी धनुषा २ बाट रास्वपाका रामविनोद यादव, ३ बाट मनिष झा, ४ बाट राजकिशोर महतोले जितेका छन्। 

महोत्तरी २ बाट दीपक कुमार साह, ३ बाट उज्वल कुमार झा, ४ बाट गौरी कुमारीले जित्दा सर्लाही १ बाट नितिमा भण्डारी कार्की, २ बाट रबिन महतो, ३ बाट नरेन्द्र साह कलवार, ४ बाट अमरेश कुमार सिंहले विजय पाएका छन्। त्यसैगरी रौतहट १ बाट राजेश कुमार चौधरी, ३ बाट रविन्द्र पटेल, ४ बाट गणेश पौडेलले जितेका छन्। यसबाहेक बारा १ बाट गणेश धिमाल, २ बाट चन्दन कुमार सिंह, ३ बाट अरबिन्द साह, ४ बाट रहवर अन्सारी, पर्सा १ बाट बुद्धि प्रसाद पन्त, २ बाट सुशील कुमार कानु, पर्सा ३ बाट रामाकान्त प्रसाद चौरसिया, पर्सा ४ बाट टेकबहादुर शाक्यले जितेका छन्। 

बागमती प्रदेशको दोलखा १ बाट जगदीश खरेल, रामेछाप १ बाट कृष्णहरी बुढाथोकी, सिन्धुली १ बाट धनेन्द्र कार्की, २ बाट आशिष गजुरेल, धादिङ १ बाट आशिका तामाङ, २ बाट बोधनारायण श्रेष्ठ, नुवाकोट १ बाट विक्रम तिमिल्सिना, २ बाट अचुत्तम लामिछाने, काठमाडौं १ बाट रन्जु न्यौपाने, २ बाट सुनिल केसी, ३ बाट राजुनाथ पाण्डे, ४ बाट पुकार बम, ५ बाट सस्मित पोखरेल, ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली, ८ बाट विराजभक्त श्रेष्ठ, ९ बाट डोलप्रसाद अर्याल, १० बाट प्रदीप विष्टले विजय पाएका छन्। 

भक्तपुर १ बाट रुकेश रञ्जित, २ बाट राजीव खत्री, ललितपुर १ बाट बुद्धरत्न महर्जन, २ बाट जगदीश खरेल, ३ बाट तोसिमा कार्की, काभ्रेपलाञ्चोक १ बाट मधु कुमार चौलागाईं, २ बाट बदन कुमार भण्डारी, सिन्धुपाल्चोक १ बाट भरत प्रसाद पराजुली, मकवानपुर १ बाट प्रकाश गौतम, २ बाट प्रशान्त उप्रेती, चितवन १ बाट हरि ढकाल, २ बाट रवि लामिछाने, ३ बाट सोविता गौतमले जित हात पारेका छन्। 
गण्डकीको गोरखा १ बाट सुधन गुरुङ, २ बाट कवीन्द्र बुर्लाकोटी, लमजुङ १ बाट धर्मराज केसी, कास्की १ बाट खडकराज पौडेल, २ बाट उत्तम प्रसाद पौडेल, ३ बाट बिना गुरुङ, तनहुँ १ बाट स्वर्णिम वाग्ले, २ बाट श्रीराम न्यौपाने, स्याङ्जा २ बाट झविलाल डुम्रे, नवलपरासी (पूर्व) १ बाट राजन गौतम, २ बाट सुशील खड्का, बाग्लुङ २ बाट सोम शर्मा, पर्वत १ बाट सागर भुसाल विजयी भएका छन्। 

लुम्बिनीको गुल्मी १ बाट सागर ढकाल, २ बाट गोविन्द पन्थी, पाल्पा २ बाट माधव बहादुर थापा, अर्घाखाँची १ बाट हरिप्रसाद भुसाल, रुपन्देही १ बाट सुनिल लम्साल, २ बाट सुलभ खरेल, ३ बाट डा. लेखजंग थापा, ४ बाट कन्हैया बनिया, ५ बाट तौफिक अहमद खान विजयी हुँदा कपिलवस्तु १ बाट मोहनलाल आचार्य, २ बाट विक्रम थापा, प्युठान १ बाट सुशान्त वैदिक, दाङ १ बाट देवराज पाठक, २ बाट विपिन कुमार आचार्य, ३ बाट कमल सुवेदी, बाँके १ बाट सुरेश कुमार चौधरी, ३ बाट खगेन्द्र सुनार, बर्दिया १ बाट ठाकुर सिंह थारु, २ बाट श्रीधर पोख्रेल, नवलपरासी पश्चिम १ बाट विक्रम खनाल, २ बाट नरेन्द्र कुमार गुप्ता विजयी भएको आयोगले जनाएको छ। 

कर्णालीको सुर्खेत २ बाट रमेश कुमार सापकोटा, सुदूरपश्चिमको कैलाली १ बाट कोमल ज्ञवाली, २ बाट केपी खनाल, ३ बाट जगतप्रसाद जोशी, ४ बाट खेमराज कोइराला, ५ बाट आनन्द बहादुर चन्द, बैतडी १ बाट हरिमोहन भण्डारी, डडेल्धुरा १ बाट ताराप्रसाद जोशी, कञ्चनपुर १ बाट जनकसिंह धामी र २ बाट दीपकराज बोहरा निर्वाचित भएका छन्। कञ्चनपुर ३ बाट ज्ञानेन्द्र सिंह महता गरी १२५ सिट रास्वपाले आफ्नो बनाएको छ।  

नेपाली कांग्रेस १८
यता नेपाली कांग्रेसले जितेका १८ मध्ये कोशीको पाँचथर १ बाट नरेन्द्र कुमार केरुङ, इलाम १ बाट निश्कल राई, तेह्रथुम १ बाट सन्तोष सुब्बा, सोलुखुम्बु १ बाट प्रकाश सिंह कार्कीले जितेका छन्।

मधेशको रौतहट २ बाट मो. फिरदोश आलम, बागमतीको रसुवाबाट मोहन आचार्य, गण्डकीको मनाङबाट टेकबहादुर गुरुङ, मुस्ताङबाट योगेश गौचन थकाली, लुम्बिनीको पाल्पा १ बाट सन्दीप राना, कपिलवस्तु ३ बाट अभिषेक प्रताप शाह, कर्णालीको मुगु १ बाट खड्ग शाही, हुम्ला १ बाट जयपति रोकाया, जाजरकोट १ बाट खडक बहादुर बुढा, दैलेख १ बाट बासना थापा, सुर्खेत १ बाट विष्णु बहादुर खड्का, सुदूरपश्चिमको बाजुरा १ बाट जनकराज गिरी, अछाम १ बाट भरत कुमार स्वार र डोटीको १ बाट भरतबहादुर खड्का विजयी भएका छन्। 

नेकपा एमाले ९
नेकपा एमालेले जितेका ९ मध्ये कोशीको ताप्लेजुङ १ बाट क्षितिज थेवे, इलाम २ बाट सुहाङ नेम्बाङ, धनकुटा १ बाट राजेन्द्र कुमार राई, लुम्बिनीको बाँके २ बाट मोहम्मद इश्तियाक राई, कर्णालीको दैलेख २  बाट लक्ष्मी प्रसाद पोखरेल, सुदूरपश्चिमको अछाम २ बाट यज्ञबहादुर बोगटी, बझाङ १ बाट ऐनबहादुर महर र दार्चुला १ बाट गणेश सिंह ठगुन्नाले जित हासिल गरेका छन्। यस्तै संखुवासभा १ मा एमालेकै अर्जुन कुमार कार्की १५ हजार ६३६ मतका साथ विजयी भएका छन्। 

नेपाली कम्युनिस्ट पार्टी ७
नेपाली कम्युनिस्ट पार्टीले सातवटा सिट जितेको छ। यसअनुसार बागमतीको सिन्धुपाल्चोक २ बाट युवराज दुलाल, लम्बिनीको रुकुम पूर्व १ बाट पुष्पकमल दाहाल प्रचण्ड, रोल्पा १ बाट वर्षमान पुन, कर्णालीको सल्यान १ बाट रमेश कुमार मल्ल, डोल्पा १ बाट धनबहादुर बुढा, कालिकाटे १ बाट महेन्द्र बहादुर शाही र रुकुम पश्चिम १ बाट गोपाल शर्माले जितेका छन्।

श्रम संस्कृति पार्टी ३
यो दलले जितेका तीनमध्ये कोशीको भोजपुर १ बाट ध्रुवराज राई, सुनसरी १ बाट हर्कराज राई र खोटाङ १ बाट आरेन राईले जितेका छन्। 

राप्रपा १
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्ला १ बाट जित हासिल गरेको छ। राप्रपाका ज्ञानबहादुर शाहीले १४ हजार ८१६ मतसहित विजय पाएका हुन्। 

स्वतन्त्र १
स्वतन्त्रतर्फ यो निर्वाचनमा १ जनाले मात्रै जितेका छन्। गण्डकीको म्याग्दी १ बाट महावीर पुन २२ हजार ८ सय ५० मतसहित विजयी भएका हुन्। उनलाई पहिलो भएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले सघाएको थियो। 

यसरी १६४ क्षेत्रको निर्वाचन परिणाम आउँदा रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा १ को भने अदालतमा मुद्दा विचाराधीन छ। यद्यपि निर्वाचन आयोगले नेकपाका मात्रिका यादवलाई प्रमाणपत्र दिएको छ तथापि अदालतको निर्णयबाट मात्रै यस क्षेत्रको विजेता टुंगिन सक्नेछ। यस क्षेत्रमा खारेज भएका उम्मेदवारकै मत सर्वाधिक छ। 

फागुन २१ गते बिहीवार प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य विहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको थियो।  यसपटकको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। 

त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा गरेका थिए । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको थियो। यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए। आयोगले एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरेको थियो। समानुपातिकतर्फको नतिजा भने आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad