राजनीति


धवलशम्शेर र दुर्गा प्रसाईबीच एकताको सहमति

धवलशम्शेर र दुर्गा प्रसाईबीच एकताको सहमति

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १७:३३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईँबीच एकताको सहमति भएको छ। 

शुक्रबार दिउँसो प्रसाईको निवासमा दुवै पक्षबीच एकताको सहमति भएको हो। केही दिनपछि पार्टी घोषणा गरिने भएको छ। 

‘आज दुर्गाजीकै घरमा सहमति भयो। हामी मिल्यौँ,’ डा.राणाको मिडिया हेरिरहेकी राधिका जोशीले नेपालखबरसँग भनिन, ‘मिलेर जाने सहमति भयो, अब पार्टी नाम, चुनाव चिह्न लगायतको विषयमा मलमासपछि छलफलपछि हुन्छ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग विवाद भएपछि जेठ २१ गते राणासहित १८३ जना नेताहरूले राप्रपा छोडेका थिए। राप्रपा छोड्नेमा काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरू रहेका छन्। 

पदाधिकारीहरूमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री धवल शम्शेर राणा, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्यलगायत छन्। उनीहरू अधिकांशलाई अध्यक्ष राजेन्द्र लिङ्देनले यसअघि कारबाही गरेका थिए।

सबै मिलेर नयाँ पार्टी गठन गर्ने भएका छन्। यसको तयारीका लागि डा. राणाले प्रसाईंसँग एकता गर्ने नौ बुँदे सहमति गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad