परराष्ट्रमन्त्री शिशिर खनाल दिल्ली पुगेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उनी भारत पुगेका हुन्।
मन्त्री खनाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गरेका थिए।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा स्वागत गरेको तस्बिर राख्दै यो भ्रमणले भारत-नेपालबीचको विशेष सहकार्यलाई थप बलियो बनाउन सहयोग पुग्ने उल्लेख गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार भारत भ्रमणका क्रममा खनालले भारतीय समकक्षी डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। दुवै देशका विदेशमन्त्रीबीच आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौँ फर्कने भ्रमण तालिका छ।
57
Shares

प्रतिक्रिया