राजनीति


अधिवेशन विवादले रास्वपा धनुषाको कार्यालयमा तालाबन्दी

अधिवेशन विवादले रास्वपा धनुषाको कार्यालयमा तालाबन्दी

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १६:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषामा नगर अधिवेशनको विषयलाई लिएर उत्पन्न आन्तरिक विवाद चर्किएको छ। 

गणेशमान चारनाथ नगरपालिकाको नगर अधिवेशनका क्रममा देखिएको विवाद समाधान नभएको भन्दै असन्तुष्ट कार्यकर्ताले जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। पार्टी नेतृत्वले निर्वाचन आयोगको निर्देशन र आम कार्यकर्ताको भावना विपरित विवादित समितिलाई आधिकारिकता दिन खोजेको असन्तुष्ट पक्षको आरोप छ। 

गणेशमान चारनाथ नगरपालिकामा दुई पक्षले छुट्टाछुट्टै नगर अधिवेशन गरेपछि विवादले उग्र रूप लिएको हो। नगर सभापति राकेश यादवले दुवै पक्षद्वारा गरिएका अधिवेशनहरू खारेज गरी नयाँ मिति तय गरेर निष्पक्ष रूपमा पुनः अधिवेशन गराउनुपर्ने माग राखेको छ। 

असन्तुष्ट पक्षकाअनुसार निर्वाचन आयोगले २०८१ जेठ १९ गते अर्को सूचना नआएसम्मका लागि अधिवेशन स्थगित गर्न निर्देशन दिएको थियो। तर, निर्देशनको अवज्ञा गर्दै प्रतिक नेपाल पक्षले एकलौटी रूपमा अधिवेशन अगाडि बढाएको उनीहरूको भनाइ छ। 

तालाबन्दीमा उत्रिएका कार्यकर्ताले पार्टीभित्र गुट–उपगुट सिर्जना भएको भन्दै केन्द्रीय नेतृत्वले तत्काल हस्तक्षेप गर्नुपर्ने बताएका छन्। उनीहरूले विवादको उचित समाधान नखोजिएसम्म आन्दोलनका कार्यक्रमहरूलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad