राजनीति


समानुपातिक: रास्वपाले कटायो ४९ लाख, अरू दलका कति मत?

समानुपातिक: रास्वपाले कटायो ४९ लाख, अरू दलका कति मत?

नेपालखबर
फागुन २६, २०८२ मंगलबार ५:१६, काठमाडौँ

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड २ लाख ५ हजार ६२५ मतगणना भएको छ।

निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ३:३० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी अर्थात् ४९ लाख ५ हजार ६१४ मत प्राप्त गरेको छ ।

यस्तै नेपाली कांग्रेसले १६ लाख ५८ हजार ५८०, नेकपा (एमाले) ले १३ लाख ७९ हजार ७५८, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४५ हजार ८१९, श्रम संस्कृति पार्टीले ३ लाख ४५ हजार ६७४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार २७७ मत प्राप्त गरेका छन्।

यस्तै जनता समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार ८२४, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६३ हजार ६४६ र जनमत पार्टीले ७४ हजार ९०५ मत प्राप्त गरेका छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad