राजनीति


सोलुखुम्बुमा पुरानै पार्टीबिच कडा टक्कर, रास्वपा पाँचौँ

सोलुखुम्बुमा पुरानै पार्टीबिच कडा टक्कर, रास्वपा पाँचौँ

नेपालखबर
फागुन २३, २०८२ शनिबार १४:४९, काठमाडौँ

हिमाली जिल्ला सोलुखुम्बुमा पुराना तीन दलबिच कडा प्रतिस्पर्धा देखिएको छ।

अहिलेसम्म नेपाली कांग्रेसले अग्रता लिए पनि मतान्तर एकदमै कम छ। निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार प्रकाश सिंह कार्कीले २ हजार ९६ मत पाएका छन्। 

एमालेकी कल्पना राईको २ हजार ५४ र नेपाली कम्युनिष्ट पार्टीका अशिम राईको २ हजार २५ मत छ। तीन दलका उम्मेदवारबिचका मतान्तर एकसय भित्रै छ।

देशभर लहर देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ पाँचौँ स्थानमा छ। चौथो स्थानमा ५८८ मतसहित श्रम संस्कृतिका वियस राई र ४९० मत रास्वपाका ऋषिधन थुलुङले पाएका छन्। 

कोसी प्रदेशका तराईका जिल्लामा रास्वपाले प्रभाव जमाए पनि पहाडी जिल्लामा भने कमजोर देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad