रौटहट १ मा नेकपाका सहसंयोजक माधवकुमार नेपाल प्रतिस्पर्धामा निकै पछि परेका छन्।
लगातार नेपाल निर्वाचित हुँदै आएको यो क्षेत्रमा रास्वपाका राकेशकुमार चौधरी जित नजिक पुग्दा नेपाल चौथो स्थानमा छन्।
चौधरीले २३ हजार ३८८ मत प्राप्त गर्दा एमालेका अजयकुमार गुप्ताले ९ हजार ९१ मत पाएका छन्। कांग्रेसका अनिलकुमार झाले ६ हजार ८१९ मत पाउँदा नेपालले अहिलेसम्म जम्मा ६ हजार ४४६ मत मात्रै ल्याएका छन्।
रौतहट १ मा जसपाका योगेन्द्र रायले ५ हजार ६३९ मत पाएका छन्। मतगणना अहिले पनि जारी छ।
०७९ को निर्वाचनमा यो क्षेत्रबाट नेता नेपाल तत्कालीन एकीकृत समाजवादीका तर्फबाट ३३ हजार ५२२ मत प्राप्त गरी विजयी भएका थिए। त्यसबेला निकटतम प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ता थिए।
राैतहट १ नेता नेपालकाे गृह जिल्ला हो। १५ वर्षसम्म महासचिव भएर एमालेको नेतृत्व गरेका नेपाल लगातार विजयी हुँदै आएकाे गृह जिल्लामै निकै पछि परेका हुन्।
Shares

प्रतिक्रिया