राजनीति


जित निश्चित भएपछि महावीर पुनले भने: विजय जुलुस निकाल्न बेनी बजार नझर्नुहोला

जित निश्चित भएपछि महावीर पुनले भने: विजय जुलुस निकाल्न बेनी बजार नझर्नुहोला

नेपालखबर
फागुन २३, २०८२ शनिबार ७:४०, काठमाडौँ

म्याग्दीमा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार महावीर पुनले जित निश्चित भएपछि मतदाता तथा समर्थकलाई विजय जुलुस ननिकाल्न आग्रह गरेका छन्।

म्याग्दीमा मतगणना अन्तिम चरणमा पुगेको छ। अब अन्नपूर्ण गाउँपालिकाको ६ हजार ५५८ मत मात्र गणना गर्न बाँकी छ।

अहिलेसम्म भएको जिल्लाका पाँच पालिकाको मतगणनामा पुनले १८ हजार ८४७ मतसहित अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पुनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा ११ हजार ९९५  बढी मत ल्याइसकेका छन्। अर्थात् पुन गन्न बाँकीभन्दा बढी मतले अगाडि भइसकेका छन्। जसका कारण उनको जित सुनिश्चित भइसकेको छ। 

यसैबिच उम्मेदवार पुनले विजय जुलुस नगर्ने बताएका छन्। 

‘बेनीमा विजय जुलुस नगर्ने जरुरी सूचना’ भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मतगणना हुँदै छ। मैले जित्ने सम्भावना छ। यदि मैले जितेँ भने विजय जुलुस निकाल्न भनेर गाउँगाउँबाट कोही पनि बेनी बजारमा नझर्नुहोला। भ्रष्टाचार र कुशासनलाई हटाएर देशलाई आर्थिक रूपमा समृद्ध नबनाएसम्म विजय जुलुस निकाल्नुको कुनै अर्थ छैन। अरूहरूलाई पनि मेरो सुझाव यही हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad