राजनीति


अपडेट: गगन थापा अमरेश सिंहसँग ४४३१ मतान्तरले पछि, कति भोट गनियो?

अपडेट: गगन थापा अमरेश सिंहसँग ४४३१ मतान्तरले पछि, कति भोट गनियो?

नेपालखबर
फागुन २३, २०८२ शनिबार ७:४३, काठमाडौँ

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले मतान्तरलाई अझ बढाएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रास्वपाका सिंहले ११ हजार ३८३ मत पाउँदा नेपाली कांग्रेसका सभापति गगन थापाले ६ हजार ९५२ मत मात्रै पाएका छन्। 

थापा सुरुदेखि नै सिंहसँग पछाडि परेका छन्। उनीहरूबीचको मतान्तर झन् फराकिलो हुँदै गएको छ। अहिले सिंह र थापाबीचको मतान्तर ४४ सय ३१ छ। अघिल्लो परिणाममा उनीहरूबीचको मतान्तर ३२ सय ९ थियो। 

यो क्षेत्रमा एमालेका अमनिशकुमार यादवले १९ सय ६७ मत ल्याउँदा नेकपाका डा.रजनिश रायले ४८९ मत ल्याएका छन्।  

सर्लाही ४ को मतगणना गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा जारी चलिरहेको छ। 

सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad