प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंहले मतान्तर बढाउँदै लगेका छन्।
शनिबार बिहान पौने २ बजेसम्म भएको गणनामा रास्वपाका सिंहले ७ हजार २५२ मत पाएका छन्। उनी सुरुवातदेखि नै अगाडि छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन थापाले ४ हजार ४४४ मत पाएका छन्। उनी सुरुवातदेखि नै पछाडि रहेका छन्।
यस्तै, नेकपा (एमाले)का अमनिशकुमार यादवले १ हजार २८३ मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रजनिश रायले ३९५, जनमत पार्टीका राकेश मिश्राले ४६८ र जसपा नेपालका रामेश्वर राय यादवले २० मत पाएका छन्।
1.3k
Shares

प्रतिक्रिया