प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सस्मित पोखरेल अत्यधिक मतले निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका पोखरेल २१ हजार ५७८ मतान्तरले सांसद निर्वाचित भएका हुन्। उनले ३० हजार ७३७ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ९ हजार १५१ मत प्राप्त गरेका छन्। तेस्रो नम्बरमा रहेका नेकपा (एमाले)का ईश्वर पोखरेलले ४ हजार ७०१ मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कमल थापाले १ हजार ९२२ मत पाएका छन्। उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले १ हजार १ सय, श्रम संस्कृति पार्टीका अमित थापाले ७६९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की कल्पना शर्माले ५७४ मत पाएकी छन्।
75
Shares

प्रतिक्रिया