लुम्बिनी


कांग्रेस छोडेर रास्वपामा गएका विक्रम खनालले पछि पारे विनोद चौधरीलाई

कांग्रेस छोडेर रास्वपामा गएका विक्रम खनालले पछि पारे विनोद चौधरीलाई

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १७:४६, बुटवल

नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ को मतगणनामा रास्वपाका विक्रम खनालले नेपाली कांग्रेसका विनोद चौधरीलाई पछि पार्दै अग्रता कायम गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालले हालसम्म ३ हजार २८० मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार चौधरीले १ हजार ४२० मत प्राप्त गरेका छन्।

लुम्बिनी प्रदेशमा कांग्रेसका महामन्त्रीसमेत रहिसकेका खनाल हाल चुनावी प्रतिस्पर्धामा चौधरीका लागि मुख्य चुनौतीका रूपमा देखिएका छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डेले १ हजार ९ मत प्राप्त गरेका छन् भने हृदयेश त्रिपाठीले ७३१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad