राजनीति


भक्तपुर-२ : एमालेका महेश बस्नेत रास्वपाका राजीव खत्रीसँग दोब्बर मतले पछि परे

भक्तपुर-२ : एमालेका महेश बस्नेत रास्वपाका राजीव खत्रीसँग दोब्बर मतले पछि परे

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १२:२०, काठमाडौँ

नेकपा एमालेका नेता महेश बस्नेतको बलियो 'गढ' मानिने भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा धक्का दिएको छ। पछिल्लो मतगणना परिणाम अनुसार रास्वपाका उम्मेदवार राजीव खत्रीले एमालेका प्रभावशाली नेता महेश बस्नेतलाई दोब्बरभन्दा बढी मतान्तरले पछाडि पार्दै सनसनीपूर्ण अग्रता कायम गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार खत्रीले ४ हजार ४८ मत प्राप्त गर्दा बस्नेतले मात्र १ हजार ८१९ मत पाएका छन्। यो मतान्तर २ हजार २ सय २९ को हो। यसले भक्तपुरको चुनावी परिणाम उल्ट्याइदिने संकेत गरेको छ।

महेश बस्नेतलाई चुनौती दिने राजीव खत्री को हुन्?
भक्तपुरक रैथाने राजीव खत्री रास्वपाका अध्ययनशील र जुझारु युवा नेता हुन्। सामाजिक कार्य र स्थानीय मुद्दामा लामो समयदेखि सक्रिय खत्री विशेष गरी भ्रष्टाचार विरोधी अभियान र सुशासनका पक्षमा वकालत गर्दै आएका व्यक्तित्व हुन्।

एमालेका बस्नेत मात्र होइन, नेपाली कांग्रेसका उम्मेदवार कविर राणाको अवस्था पनि नाजुक देखिएको छ। राणाले हालसम्म मात्र ८२६ मत प्राप्त गर्नुभएको छ, जुन खत्रीको तुलनामा करिब ५ गुणा कम हो। यस्तै नेकपाका रामप्रसाद सापकोटा १२१ मतका साथ चौथो स्थानमा हुनुहुन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad