जुम्लामा शुक्रबार बिहानदेखि मतगणना सुरु भएको छ।
जारी मतगणनामा राप्रपाका ज्ञानेन्द्र शाहीले १८२ मत प्राप्त गरेर अग्रता कायम गरेका छन्।
शाहीलाई नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीले १२९ मतसहित पछ्याइरहेका छन्।
यहाँ कांग्रेसका दीप बहादुर शाहीले ४० मत प्राप्त गर्दा एमालेका शान्तिलाल महतले ३० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए।
जुम्लामा ४० हजार ८९७ मत खसेको छ।
1.8k
Shares

प्रतिक्रिया