बागमती


नेमकिपाको गढ भक्तपुर १ मा १६ सय मतले पछि परे प्रेम सुवाल

नेमकिपाको गढ भक्तपुर १ मा १६ सय मतले पछि परे प्रेम सुवाल

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १०:२२, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नम्बर १ मा २०४८ सालयता भएका सबै निर्वाचन जित्दै आएको थियो।

त्यसै कारण भक्तपुर १ लाई नेमकिपाको गढ मानिन्थ्यो।

तर, यसपटक भएको प्रतिनिधि सभाको चुनावमा नेमकिपाको गढमा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जितले पछि पारेका छन्।

निर्वाचन आयोगले दिएको पछिल्लो मतगणना विवरण अनुसार रास्वपाका रञ्जितले ४ हजार ४११ मत ल्याएर अग्रता लिँदा नेमकिपाका प्रेम सुवालले २ हजार ७५५ मत पाएका छन्।

रञ्जित र सुवालबीच १६५६ मत मतान्तर देखिन्छ। सो क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले ६५९ मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad