चितवन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपा सभापति रवि लामिछाने पछाडि परेका छन्।
यस क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिका–१ को मतगणना हुँदा रास्वपा सभापति लामिछानेले ५३१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे ७९५ मत सहित अग्रस्थानमा छन्।
यस्तै, नेपाली कांग्रेसकी मीना खरेलले २५६ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङले २९५ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेको छ।
2.6k
Shares

प्रतिक्रिया