प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना सुरु भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाको कालिका गाउँपालिका-२ स्थित कालिका हिमालयन क्याम्पसमामा मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ का मतपत्र गणना सुरु गरिएको हो।
हिजो राति नै जिल्लाभरका मतपेटिका संकलन गरी गणनास्थलमा ल्याइएको थियो। सर्वदलीय सहमतिमा मतगणना सुरु भएको हो।
रसुवामा नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपा (एमाले) बाट प्रेमबहादुर तामाङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट माधवप्रसाद लामिछाने, रास्वपाबाट वसन्त भट्टराई लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।
99
Shares

प्रतिक्रिया