काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुनिल केसीले सुरुवाती अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, रास्वपाका केसीले ४२४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का मणिराम फुयालले २३६ मत पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका कविर शर्माले १८९ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की कुन्ती देवी पोखरेलले ५७ मत पाएकी छन्।
1.5k
Shares

प्रतिक्रिया