काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शनाले अग्रता बढाएकी छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, रास्वपाकी दर्शनाले २ हजार ६१४ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रवल थापाले १ हजार ४१३ मत पाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रविन्द्र मिश्र तेस्रो नम्बरमा छन्। मिश्रले ७१२ मत पाएका छन्।
यस्तै, नेकपा (एमाले)का मोहनराज रेग्मीले २३६ मत पाएका छन्।
594
Shares

प्रतिक्रिया