राजनीति


कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका शुक्रबार मात्रै सदरमुकाम ल्याइने

कर्णालीका ३० मतदान केन्द्रका मतपेटिका शुक्रबार मात्रै सदरमुकाम ल्याइने

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ०:५४, काठमाडौँ

कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका ३० मतदान केन्द्रका मतपेटिका शुक्रबारसम्म सदरमुकाममा ल्याइने भएको छ।

डोल्पाका ६८ मतदान केन्द्रका २३, हुम्लाका ६४ मतदान केन्द्रमा चार र मुगुका ६९ मतदान केन्द्रमध्ये तीन मतदान केन्द्रका मतपेटिका शुक्रबारसम्ममा सदरमुकाम ल्याइने भएको हो।

यहाँका ९४१ मतदानस्थलमध्ये ९११ मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याउँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए।

डोल्पाको डोल्पो बुद्ध, शेफोक्सुण्डो, छार्का ताङसोङ हुम्लाको नाम्खा गाउँपालिकाबाट पहिलो लटमा मतपेटिका र मतदान अधिकृत र दोस्रो लटमा निर्वाचन कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइने प्रवक्ता शाहले बताए।

मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट भने पैदल यात्राबाट मतपेटिका सदरमुकाम गमगढी ल्याइने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad