ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा शुक्रबार मतगणना हुने भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शुक्रबार दिउँसो १ः३० बजे मतगणना सुरु गरिने भएको छ। बिहीबार मतपेटिका संकलन गर्न समय लागेकाले शुक्रबार मात्रै मतगणना गर्ने तय भएको जनाइएको छ।
ललितपुर-२ मा नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जन, नेकपा (एमाले)का प्रेमबहादुर महर्जन, नेकपाका राजेन्द्र अमात्य, रास्वपाका जगदीश खरेल र राप्रपाका रघुवरराज थापालगायत प्रतिस्पर्धामा छन्।

27
Shares

प्रतिक्रिया